मेराे बारेमा

“म” अाफैँमा याैटा रहस्य हाे । मैले मेराे नाम, थर, ठेगाना अादि इत्यादि भन्दा त्याे बाहिरी परिचय हुन्छ  । भित्री परिचय अाजसम्म मलाइ पनी थाह छैन । त्यसैले मैले अाफ्नाे परिचय लाइ दुइ भागमा विभाजन गरेकाे छु । 

म (अावरण)

याे तस्विरले बुझाउन खाेजेकाे म, उमेश घिमिरे । काठमाण्डाैँमा काेठा भाडा लिएर बसीरहेकाे छु, स्थायी घर झापा । बुबा अामा झापा मै हुनुहुन्छ । सामान्य अन्य मान्छेले गर्ने जस्तै काम गर्छु । कामका लागी काम गर्दिन । जहाँ मेराे रस बसेकाे छ, त्यहि काम गर्छु । जीवनमा खासै ठूलाे उद्देश्य छैन । तर किरा फट्याङ्रा जस्ताे गरि मर्ने रहर पनी छैन ।   मेराे सामान्य परिचय यति नै हाे अथवा भनाैँ मेराे भाैतिक परिचय । 

म (अावरण भन्दा बाहेक ) 

याे तस्विर पनी मेराे अावरणकै अर्काे रूप हाे । तर मैले अाफ्नाे अावरण भन्दा बाहिरकाे परिचय तस्विरमा देखाउन सकिन्न भन्ने लागेकाे  हुनाले याे तस्विरकाे प्रयाेग गरेकाे हूँ । अब, मेराे परिचय । याे एकदमै जटिल विषय हाे । मैले अाजसम्म साँच्चै भन्नुपर्दा याे काेणमा अाफ्नाे परिचय अाफैँले पाएकाे छैन । माथीकाे अावरण परिचय भन्दा बाहेक मैले अर्काे परिचय भेट्न सकेकाे छैन । खाेज्ने प्रयाशमा छु । मलाइ यती सम्म थाहा छ की जुन भाैतिक शरिर देखिएकाे छ त्याे भन्दा छुट्टै याैटा म पनी छ । तर अपरिचीत छ । अाजकाे मिती सम्म ।  म अझै पनी अान्तरिक रूपमा अपरिचीत नै छु, अाफैँ सँग ।