फेरी

अस्ति २,४ दिन अगाढी सुमन बजगाइँ भन्ने साथीले अचानक “पहिले तिम्ले लेखेकाे हरेक ब्लगहरू मैले पढेकाे थिएँ” भनेपछी  कता कता मलाइँ ब्लग फेरी लेख्नुपर्छ की भन्ने लाग्न थाल्याे । हृदयकाे कुनामा कता कता फेरी लेख्न सुरूगराैँ कि भन्ने लागिरकाे थियाे  । सुमन जी काे याे कुराले अझै उर्जा थप्याे  । उसले सामान्य रूपमा भनेकाे भएपनी त्यसले मलाइ लेख्नलाइ उर्जा भरिरहेकाे थियाे । म जान्दिन, मलाइँ अाउँदैन तर पनी लेख्न मन लाग्छ । मलाइ लेख्न मन लाग्नुकाे सबै भन्दा ठूलाे उर्जा भनेकाे मलाइ लेख्न अाउँदैन । 

मलाइँ लेख्न अाउने भए म लेख्ने अाँट गर्न सक्दिन थिए हाेला । तर मलाइ लेख्न अाउँदै अाउँदैन त्यसैले लेख्न मन लाग्छ । मानव स्वभाव, जे छैन त्यसप्रतिकाे माेह । जे जानिदैन त्याे सिक्नु प्रतिकाे राग । धेरै त ब्लग लेखेकाे थिएन , तर पनी २,४ वटा थियाे कन्टेन्ट । रमाएरै लेखेकाे थिएँ त्याे बेलामा । यसाे साेचेँ त्याे ब्याकअप फेरी रिस्टाेर गरेर पुरानै ब्लगलाइ निरन्तरता दिनुपर्ला । तर, अल्छी लाग्याे ।  निकै अल्छी । मैले के का लागी लेख्ने? किन लेख्ने भन्ने स्पष्ट कारण न त ब्लग सुरू गर्दा भेटेकाे थिएँ । न त निरन्तरतामा अल्पबिराम लगाउँदा भेटेकाे थिएँ । न त अैले फेरी सुरू गर्ने जमर्काे गर्दा भेटेकाे छु । कुनै कारण छैन  । लेख्नु अथवा नलेख्नुमा । अकारण शब्दहरू किबाेर्डमा जथाभावी टाइप हुन्छन् । म त्यसलाइ ब्लग भनेर जाेत हान्दै वेवसाइटमा पाेष्ट गर्छु । 

जाेत, पुरै हावा कन्टेन्ट । तर किन लेख्छु त म त्यस्ता हावा कन्टेन्ट । फेरी पनी भन्छु कारण छैन । जस्ताे मान्छेकाे जन्म अकारण छ भन्ने लाग्छ मलाइ त्यस्तै मैले हावा ब्लग लेख्नुकाे पनी कारण छैन । हुन सक्छ म पुरै भ्रममा पनी परेकाे हाैँला । तर पूर्ण भ्रम भने हैन । अाधा भ्रम अाधा सत्य । म यसरी पनी ढाँट्न सक्थेँ यदी मैले कलमले लेखेकाे भए । जस्ताे कीः म कलममा भएकाे मसी भएर कापीकाे पाना पानामा अाफुलाइ अभिव्यक्त गर्न चाहन्छु । कापीकाे पाना पानामा म मेरा गुम्सीएका भावनालाइ कलमद्वारा व्यक्त गर्न चाहन्छु । तर त्यसाे भन्ने पनी छुट मलाइ चैँ छैन । किनभने न त मैले कलम प्रयाेग गरेकाे छु न त कापीकाे पानानै । म कतै बग्दीन । न त मशी नै चाहिएकाे छ मलाइ लेख्नका लागी । म यसै लेख्छु । अल्छीमेट्नलाइ भन्दा पनी हुन्छ । 

बिचमा निकै समय लेख्न छाडकाे थिएँ । यसाे भन्दै गर्दा तपाइँ के भ्रममा नपर्नुहाेस् की म कुनै ठूलाे बडेमानकाे लेखक हुँ, तपाइँले त्यसरी बुझ्नुभयाे भने त्याे पढीरहेकाे शब्दहरूप्रति तपाइँले गरेकाे अन्याय हुनेछ । याे ब्राउज गरेकाे इन्टरनेट प्रतिकाे तपाइँकाे बेइमानी हुनेछ । म लेखेक हैन । किनकी मलाइ लेख्न अाउँदैन । जस्ताे यही माथीका शब्दहरूमा नै हेर्नुन, तपाइँले ८० प्रतिशत भन्दा माथी त ह्रस्व दिर्ध कै गल्ति भेट्टाइसक्नुभयाे हाेला । कुनै पनी अनुच्छेदमा धेरै बेतुकका वाक्यहरू पनी भेटिसक्नुभयाे हाेला । याे पढ्दै गर्दा कुनै एक थाेपाे पनी ज्ञान पाएकाे अाभाष भएन हाेला । अनी भन्नुस् यत्राे विधि गल्ति गरेपछी कसरी मलाइ लेख्न अाउँछ भनाैँ । 

अब तपाइँ यती भन्दा पनी अझै पढीरहनुभएकाे छ भने तपाइँमा चैँ ठुलाे सहन सक्ती हुनुपर्छ । किनभने यी गल्तिहरू सुधारेर पढीदिनुभयाे अथवा भनाैँ बुझी दिनुभयाे वा भनाैँ याे काम नलाग्ने कन्टेन्ट पढेर पनी मुस्कुराउनु भयाे । सकेसम्म लेख्नलाइ अब चाहिँ निरन्तरता दिउ कि भन्ने लाग्दैछ । के लेखाैँ , थाहा छैन । किन लेखाैँ त्याे पनी थाहा छैन । कती लेखाैँ त्याे पनी अनविज्ञ छु । कसरी लेखाैँ त्याे झन् जान्दिन । तर पनी किबाेर्डमा थिचेर शब्दहरू निकाल्छु । ट्वाक् ट्वाक् किबाेर्डकाे अावाज, अनी शब्दहरू वर्डप्रेसकाे ५.० काे गुटनवर्ग इडिटरमा बल्ढ्याङ बुल्ढुङ् लडिरहेका छन् । 

केही सल्लाह दिन चाहनुहुन्छ भने कमेन्ट बक्समा लेखिदिनुहाेला । मनन गर्नेछु । अन्यमा, धन्यवाद सुमन जी । 

4 thoughts on “फेरी”

Leave a Reply to umesh Cancel Reply

Your email address will not be published. Required fields are marked *