उ, म अनी पब जी

“के तिमी बाँचीराखेकाे छाैँ ?”

उसले अचानक प्रश्न गरी । मलाइ त जीन्दगी बाँचीरहेकाे जस्ताे लाग्थ्याे । अाज अचानक उसकाे याे प्रश्नले मन भारी बनायाे । एकछिन साेचेँ । 

“के म मरिसकेँ त ?” 

हैट, कहाँ मर्नु । सास फेरीराखेकाे छु त । एक मिनेट जती घाेरिएँ । अनी भनेँ “के भन्या के तिम्ले ? बाँचिराखेकाे त छु नी । मरेकाे भए याे हातमा कफी कहाँबाट समातिन्थ्याे ? ” दाहिने हातले समातेकाे मिल्क कफीकाे कप देखाउँदै भने । 

“हातले कफी समात्दैमा बाँचेकाे भन्छाैँ तिमी ? “

हे भगवान्, यसले कति टर्चर दिएकी यार , मनमनै भने । ठूलाे स्वरले यती भन्न कहाँ सामर्थ्य थ्याे र मेराे । यति भन्या भए, उसका अाँखा अाेभाउन ६०० वाटकाे  हिटर नै बाल्नुपर्थ्याे । “बाँचेकै त यस्तै हाे नी, हैन र ?”  गाजलले छपक्कै भएका उसका अाँखामा हेर्दै भने । 

“हा हा हा । मलाइ त विश्वास नै लाग्दैन तिमी बाचेका छाैँ भन्ने बारे । तिमी श्वास चैँ फेर्दैछाै भन्दा म पत्याउछु ।” 

“के बाँच्नु भनेकाे कम्प्यूटरकाे स्कृन अगाडी जे जे अाउँछ  क्लिक गर्नु, माेबाइलकाे स्कृन स्वायप गर्नु र दुइचार अक्षर किबाेर्डमा टाइप  गर्नु नै हाे त ? तिमी बाँचेकाे हैन, अाइसियूमा भएकाे बिमारी जस्ताे,  मात्रै श्वास फेर्दैछाै । स्वाँ स्वाँ । ” उसले एकै स्वासमा सबै कुरा भनी । मैले बाँचेकाे जिन्दगीलाइ अाइ.सी.यूमा भएकाे बिरामीकाे जस्ताे जिन्दगी भन्दै असाधारण चुनाैती दिएर उसका शब्दहरू राेकीए । 

उ जुन भेटमा पनी मलाइ याैटा असाधारण चुनाैति खडा गर्दिन्थी । किन गर्थी, उ नै जानाेस् । तर हरेक भेट उसका लागी सामान्य र मेरा लागी याैटा अचम्मकाे चुनाैती हुन्थ्याे । 

“तिमीले भनेका कुराहरू त मेराे व्यवसयीक जीन्दगीसँग सम्बन्ध छ नी । अनी, अाफूले कुनै काम त गर्नै पर्येा क्यारे । के अब कामै नगरी बस्नु चैँ बाँचेकाे हाे त ? ” मैले थाेरै साहस बटुलेर उसलाइ प्रतिप्रश्न गरेँ । विवादहरूमा म खासै उ सँग प्रतिप्रश्न गर्दिन, मलाइ थाहा छ त्याे बेकार हाे । किनभने कि त उ तर्कले जितीदिन्थी या त अाँशुले । अाखीर जीत उस्कै हुन्थ्याे । 

गाजल लाएका अाँखा ठूला ठूला पार्दै कफीकाे घुट्की पिउँदै भनी “तिमी संगीत सुन्दैनाै, घुम्न कतै जाँदैनाैँ, प्राकृतिक वातावरणभन्दा तिमीलाइ याे भाैतिक ग्याजेट्हरूमा मात्रै माेह छ । अरू त अरू म सँग कतै घुम्न जाउँ न भन्दा पनी शहरकाे धुलाेकाे बाहाना बनाउँछाै या त तिम्राे थाेत्रे बाइक सर्भिसिङ् गर्नुपर्नेछ भनेर कुरा टार्छाै । “

“के तिमी पशुपतीमा गएर घन्टाैँ ति लासहरू जलेकाे हेरेर वैराग्य भएका छाै? के तिमी स्वयम्भूकाे डाँडामाथी चढेर बाँदहरूसँग मुख बिगार्दै जिस्किएका छाैँ ? अनी के तिमीले सुन्दरीजलकाे पानीमा बेपर्वाह अन्डरवेयर लाएर लक्स साबुनले खुल्ला ठाउँमा नुहाएका छाैँ ? तिमीले यी ग्याजेट्स भन्दा पर गएर २,४ घण्टा भए पनी कुनै बुढा बुढीकाे जवानीकाे कथा सुनेका छाै ? त्याे एनिमेटेड भिडीयाे भन्दा पर गएर तिमीले स्याल, कुकुर, चाैँरी, घाेडा, गाइँ र बदेँलकाे अावाज सुनका छाैँ ? पञ्जा लाएर ताताेपानीले भाडाँ माेल्ने बानी परेका तिमी कहिल्यै कुनै गाउँमा ट्वाइलेट गएर खरानी पानीले हात धुएका छाैँ ? अथवा भनाैँ, याे शहरमा पाउने माछाकाे प्याक्ड अचार भन्दा भिन्नै नुन खाेर्सानी मिसाएर काभ्राकाे अचार बनाएर खाएका छाै? वा खनिउँकाे बाेटबाट पाकेकाे खनिउँ पखाल्दै मुखमा हालेकाछाैँ ? कि प्याक्ड पानीपुरी खाने तिम्राे मुखले कतै गाउँमा फलेकाे पानी अमलाकाे स्वाद पनी चाखेकाे छ ?”

उसले प्रश्नहरूकाे याैटा किताब पढेझैँ लाग्याे । मैले बिस्तारै मुन्टाे हल्लाउदै भने । “तिमीले साेधेका कुनै प्रश्नकाे उत्तर हाे अथवा छ भन्न सक्दिन म । तर म यती भन्न सक्छुकी म बाँचीरहेकाे छु । तिमी जस्तै । तिमीले भनेका सबै कुराहरू गाउँमा मात्रै पाइन्छन्, अब हामी याे शहरमा कहाँ त्यस्ता कुरा खाेज्न जाउँ त ? त्यस्ताे भन्ने हाे भने त याे शहरकाे मान्छे त काेही पनी त बाँचेकाे भएन नी ?”

“अनी, के त? के लाग्छ तिमीलाइ । के याे शहरमा मान्छेहरू बाँचेका छन् ? याे शहरमा त तिमी जस्तै सबै मान्छेहरू अाइ.सी.यू.मा छन् । अनी मात्र मृत्यूकाे पर्खाइमा बसेका जस्तै लाग्छन् मलाइ त । म त अझ तिमीलाइ अाइ.सी.यू बाट जीवन तिर हिडाउँन चाहन्छु । तर तिमी भने खाली त्यै ल्याप्टप या त माेबाइल, दिक्क ।”

अब चैँ मैले उसकाे कुरा बल्ल बुझेँ । जहिलै जब जब उसलाइ कतै म सँग घुम्न जान मन लाग्छ उ यसै गरी दार्शनीक हुन्छे । सामान्य भन्दा अली बढी । हुन त, उसकाे र मेराे भेटघाटकाे लगभग ९० प्रतिशत समय यस्तै दार्शनीक कुरामा बित्ने गर्छ । अजीबकी छे । 

कहाँबाट सिक्छे, उसले यस्ता कुरा । किताब पढ्दीहाे की मान्छेकाे जिन्दगी पढ्छे । म अवाक् हुन्छु उसकाे याे दार्शनीक ज्ञान देखेर । खासमा उ, प्रेमीका भन्दा बढी सद्गुरू जस्ताे लाग्छ मलाइँ । जीवन सिकाउने गुरू । दर्शन सिकाउने गुरू । 

“लु भन, कता घुम्न जाने त? ” उसका यी दार्शीनीक गफ सुनेर मैले कुराे बुझेझैँ गर्दै भने । 

“भाे, कतै नजाने । तिमी त्यै पब जी की के जी हाे त्यसमै झुन्डीराख म अाज साँझ पशुपती अारतीमा जान्छु ।” अलिकती अाेठ लेब्राे पार्दै भनी । 

अली अली रिसाएकी जस्ती देखिन्थी । सायद दिक्क लाग्याे हाेला । म ग्जाजेट्स एडिक्ट, उ प्रकृति र दर्शन एकडिक्ट । हाम्राे डाइमेन्सन नै मिल्दैन तर अचम्म प्रेम बहुत छ । सायद मल्टिडायमेन्सल प्रेम हाेला । 

कफीकाे लास्ट चुस्की लिदै थिएँ । उ सरासर हिडीँ । नबाेली क्याफेबाट निस्किएर । 

“अाेए। पखन ।” दुइ, चार पाइला पर पुगेकी उसलाइ मैले भने । तर सुनेकाे नसुन्यै भएर हिँडी । सायद रिसाइछ क्यारे । मैले बुझ्नुपर्थ्याे । उसका यी दर्शनहरू । म तर्क तिर गएछु । उ भावनमा । म गणीतमा पुगेँछु । उ जीवनमा। 

मलाइ पनी झनक्क रिस उठ्याे । मनमनै भने “साला २ दिन माेबाइल, साेबाइल चलाउँदिन । किताब किनेर पढ्छु । ” उ पर, ट्राफीक बिट कटिसकेकी थीइ । 

पर्स निकालेर पैसा तिरेँ । अनी बिस्तारै अाफ्नाे रूम तिर लागेँ । बाटामा फाेन निकालेँ । उसकाे नंबर डायल गर्न अाँट अाएन । डायलग खाइन्छ की, राेएकाे सुन्नुपर्नेहाे भनेर  । माेबाइलमा भएकाे सबै एप्लीकेसन डिलिट गरेँ । सरासर । फेसबुक, इन्टाग्राम, ट्वीटर, ह्वाट्सएप, अनी लास्टमा पब जी । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *